हेटौंडा । विहीबारदेखिको लगातारको बर्षासँगै मकवानपुरका विभिन्न स्थानमा पहिरो र डुवानले जनधनको क्षति पु¥याउँने सम्भावना बढेको छ । लगातारको बर्षाका कारण मकवानपुर हुँदै संघीय राजधानी काठमाडौं जाने राजमार्गहरु अवरुद्ध भएका छन् भने ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरो कारण अवरुद्ध बनेका छन् ।
मकवानपुरका विभिन्न खोलाहरुमा पानिको सतह बढेपछि नदि कटान र डुवानको खतरा बढेको छ । यसैविच जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य समिती मकवानपुरले बर्षाको समयमा हुनसक्ने जनधनको क्षति रोक्न र समयमा उद्धार तथा व्यवस्थापनका लागी ¥यापिड रेस्पोन्स टिमलाई तयारी अवस्थामा राखेको जनाएको छ ।
जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरको निर्णय बमोजिम नेपाली सेनाको मेजरको नेतृत्वमा ब्यवस्थापन टिम गठन गरिएका र नेपाल प्रहरी र सशस्त्र प्रहरीको पनि डेडिकेटेड टिम तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पाण्डेले उद्धार सामग्री सहित टिम तयारी अवस्थामा राखिएको जानकारी दिदै बढी जोखिम हुनेस्थानको पहिचान गरी प्रहरी र स्थानीय जनप्रतिनिधिहरुबाट जानकारी संकलनको काम भइरहेको बताए ।
यस्तै पहिरोको कारण अबरुद्ध बनेको त्रिभुवन राजपथको अबरोध हटाउन आवस्यक तयारी गरिएकोे बताउँदै प्रमुख जिल्ला अधिकारी पाण्डेले बिहान १० बजे सम्म राजपथ सुचारुको प्रयास भइरहेको जानकारी दिए । उनले स्थानीय नदि, खहरेमा पानीको बेग उच्च रहेकाले स्थानीयलाई सतर्क रहन आग्रह गर्दै अति आवस्यक नपरी घरबाहिर ननिस्कन पनि आग्रह गरेका छन्








