चितवन। चितवनमा आज ५ हजार ९ सय ९१ जनाले कोभिड १९ विरुद्धको भेरोसेलको दोस्रो डोज लगाएका छन् ।खोप लाउनेमा २ हजार ८ सय ५१ जना महिला रहेका छन् भने ३ हजार १ सय ४० जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
आज भरतपुर महानगरपालिकामा ४ हजार १ सय ४५ जनाले खोप लगाएका छन् । राप्ती नगरपालिकामा ३ सय १ जनाले खोप लगाएका छन् । रत्ननगर नगरपालिकामा ७ सय ९१ जनाले खोप लगाएका छन् । खैरहनी नगरपालिकामा ३ सय १३ जनाले खोप लगाएका छन् भने माडी नगरपालिकामा १ सय ७० जनाले खोप लगाएका छन् ।
त्यस्तै कालिका नगरपालिकामा २ सय २३ जनाले खोप लाएका छन् भने ईच्छाकामना गाउँपालिकामा ४८ जनाले खोप लगाएका छन् । चितबनका सबै स्थानमा अलग्ग जनशक्ति तथा स्वयंसेवकहरु परिचालन गरी आज बाट उक्त खोपको दोस्रो मात्रा दिन थालेको हो । जनस्वास्थ्य कार्यालयले चितवनले भेरोसेलको पहिलो मात्रा गत जेठ २५ गतेबाट जेठ २७ गतेसम्म दिएको थियो ।








