चितवन । पुर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगलमा गाडीले ठक्कर दिंँदा बयस्क जरायोको मृत्यु भएको छ ।
टिकौली जंगलमा नम्वर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिँदा मृत्यु भएको हो । जरायोले बाटो काट्न खोज्नेक्रमममा गाडीले ठक्कर दिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
ठक्कर दिने सवारी साधनको खोजी कार्य भई रहेको छ । मृत्यु भएको जरायोको मुचुल्का गरी बन कार्यालयलाई जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।








