मकवानपुर । मकवानपुरमा आइतबारबाट सार्वजनिक सवारी साधन संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाभित्र सार्वजनिक सवारी संचालनको निर्णय गरेको हो ।
जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा सवारी साधन संचालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
सवारी संचालन गर्दा विभिन्न ९ बुँदे निर्देशन पालना गर्नुपर्ने छ । यसअघि प्रशासनले निषेधाज्ञा असार ३१ गतेसम्म लम्ब्याएको थियो ।









