चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुबैतर्फी रुपमा सञ्चालनमा आएको छ ।
भरतपुर महानगरपालिका २९ सेती दोभानमा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दुबैतर्फी खुलेको हो । आज बिहान ११:१५ बजेबाट सडक दुबैतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
आज बिहान ९:२५ बजे माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक दुबैतर्फी अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सकिएकोले अहिले सडक दुबैतर्फी खुलाइएको प्रहरीले जनाएको छ ।
सडक दुबैतर्फी खुले पनि सवारी साधनको लामो जाम लागेकोले सहज हुन समय लाग्ने प्रहरीले जनाएको छ ।








