चितवन । पूर्वीचितवनको खैरहनी क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो समय खैरहनी क्षेत्रमा दैनिकजसो कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । आज मात्रै खैरहनीमा गरिएको परिक्षणमा २८ जनामा कोभिड १९ पुष्टि भएको हो ।
आज एन्टिजेन परिक्षण गरिएका ५३ जनामध्य २८ जनामा कोभिड १९ पुष्टि भएको खैरहनी नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ । योसँगै खैरहनीमा सक्रिय संक्रमितको संख्या १ सय ३२ पुगेको छ ।








