चितवन । कोभिड -१९ को सङ्क्रमणलाई ध्यानमा रख्दै लायन्सक्लब अफ चितवन लङ्कुको आयोजना तथा धर्मचोक बजार व्यवस्थापन समितिको सह-आयोजनामा आज (आईतवार )बिहान तपाईको माक्स खोइ? अभियान आयोजना गरिएको छ !
कोरोना भाईरसको यस्तो महामारिको समयमा पनि अधिकाङ्स मानिसहरूले स्वास्थ मापदण्डका सामान्य नियम सम्म पालना नगरेको पाईएकोले अभियान सन्चालन गरिको हो! भरतपुर महानगरपालिका वडा . न -४ धर्मचोकमा त्यस स्थान भएर माक्स नलगाई आवातजावत गर्ने सवारीसाधन र पैदलयात्रीहरुलाई माक्स लगाउन आग्रह गरिएको थियो ! साथै मास्कको प्रयोग नगर्नेहरुलाई निशुल्क माक्स समेत वितरण गरिएको थियो!
अभियानमा लायन्सक्लब अफ चितवन लङकुका अध्यक्ष भिमलाल शर्मा खरेल,धर्मचोक बजार व्यवस्थापन समितिका अध्यक्ष भोजनारायण कंडेल ,लायन्सक्लब अफ लङ्कुका चार्टर,भानुभक्त सापकोटा ,लगायत लायन्सक्लब अफ चितवन लङ्कुका अन्य सदस्यहरु र धर्मचोक बजार व्यवस्थापन समितिका अन्य सदस्यहरु तथा स्थानीयहरुको सहभागीता रहेको थियो!
लायन्सक्लब अफ चितवन लङ्कुका अध्यक्ष भिमलाल शर्मा खरेलले बोल्नुहुदै यस प्रकारका सामाजिक अभियानहरुले पनि सर्वसाधारणहरुमा एक किसिमको सजग्ता हुनुपर्छ है भन्ने याद दिलाएको बताउनुभयो! त्यस्तै यस किसिमको अभियानहरु आगामी दिनहरुमा समेत निरन्तर रुपमा गरिने उहाँले जानकारी दिनुभयो!
त्यस्तै धर्मचोक बजार व्यवस्थापन समितिका अध्यक्ष भोजनारायण कंडेलले हामिले अहिलेको समयमा व्यवास्ता र हेलचेक्र्याई गरे आउदा दिनमा फेरि निशेधज्ञाको भागेदार हुनुपर्ने बताउनुभयो, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पुर्ण पालना गर्ने र सामाजिक दुरि कायम गर्ने हो भने सङक्रमणको जोखिम कम हुँदै र परिस्थिति सामान्य हुने बिश्वास व्यक्त गर्नु भयो ! साथै उहाले आफुले पनि स्वास्थ्य मापदण्डका नियमहरु पालना गर्न र अरुलाई पनि गर्न लगाउन समेत आग्रह गर्नुभयो ! अभियानको जीवन खरेलले सन्चालन गर्नुभएको थियो!








