• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ८. बिचौलियाको मारमा किसान

  • ९. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

निषेधाज्ञा खुकुलो भएसँगै आशावादी बने चितवनका पर्यटन व्यवसायी

  •   आइतबार, साउन १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  ।  कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् । गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ ।

    बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन् । होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदूरको अवस्था थप जटिल बनेको छ । कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन् । जङ्गल सफारीलगायतका केही गतिविधि शुरु भएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दिपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताउनुभयो ।

    दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उहाँको भनाइ छ । कतिपय घुमेर फर्कने गरेका छन् । पर्यटन मजदूरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको सङ्ख्या बढ्ने र मजदूर सुरक्षित हुने व्यवसायीको भनाइ छ । भट्टराईले भन्नुभयो, “अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए ।” वर्षात्को समय पर्यटनका लागि राम्रो समय मानिँदैन । यो पर्यटनका हिसाबले अफ सिजन हो । दशैँअघिबाट पुनः पर्यटक आउन थाल्दछन् । वर्षात्को समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ ।

    निकुञ्जभित्रका गतिविधि वर्षात्को समयमा सधैँ बन्द गर्ने गरिन्छ । सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन् । रेस्टुराँ एण्ड बार एशोसियसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्न आउनेक्रम शुरु भएको छ । सौराहामा १२० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन् । उहाँले भन्नुभयो, “कोरोना घटेसँगै केही उत्साह थपिएको छ ।” आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउनुहुन्छ ।

    हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन् । होटलमा ३३ प्रतिशत पाहुना राख्न पाइन्छ भने रेस्टुराँ साँझ ७ः०० बजेपछि सञ्चालन गर्न पाइँदैन । सौराहाको जङ्गल सफारी लजका कार्यकारी निर्देशकसमेत रहनुभएका क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्नेको टेलिफोन निकै आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस वर्ष मेरोमा ३०० भन्दाबढी कोठा अग्रीम बुकिङ भइसकेका छन् ।” कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उहाँको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन् । सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरे बताउनुहुन्छ ।

    घरमा लामो समय बस्दा पट्यार लागेर घुम्न जान खोज्ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै रहेको उहाँले बताउनुभयो । घिमिरेले थप्नुभयो, “कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ ।” पश्चिम चितवनको पटिहानीमा रहेको जङ्गलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम शुरु भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “तालिमलगायतका कार्यक्रमका लागि फोन आइरहेका छन् ।” कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उहाँको भनाइ छ ।

    पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन् । साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुबोध प्रधान बिस्तारै पर्यटक आउन थालेको बताउनुहुन्छ । क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताउनुभयो । सौराहाका होटलमा मात्र पाँच हजार ५०० मजदूर कार्यरत छन् । तीसँगै हात्तीका १५०, डुङ्गाका २००, जीपका १०० र नेचर गाइड ३०० हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन् ।

    नेचर गाइड एशोसियशन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयताबीचमा एक महिना सामान्य काम भए पनि अरु समय पर्यटकको पर्खाईमा बितेको गुनासो गर्नुहुन्छ । कोरोना सङ्क्रमणका कारण आफू जस्ता ३०० हाराहारी बेरोजगार हुनुपरेको उहाँको गुनासो छ । बाहिरबाट यहाँ बसोबास गर्ने गाइड सङ्कटमा परेको रिजालले बताउनुभयो । कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा आफूहरु रहेको उहाँको भनाइ छ ।

    नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उहाँले छिटो खोप पाए सहज हुने बताउनुभयो । सन् २००८ बाट यो पेशा थाल्नुभएका रिजाल विगतमा अहिलेसम्म यो अवस्था आएको थिएन भन्नुहुन्छ । गत वर्ष कोरोना सङ्क्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो । अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा विश्वराज सुवेदी कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पु¥याएको बताउनुहुन्छ ।

    सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक रु ५६ लाख र रेस्टुराँमा रु ५२ लाख नोक्सानी हुने उहाँको भनाइ छ । सौराहाका होटलमा रु १५ अर्बभन्दा बढी लगानी छ । जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ एक हजार १०० भन्दाबढी छन् । तिनीहरुमा रु १० अर्बभन्दा बढी लगानी भएको भन्दै सुवेदी १२ हजार ५५० ले आंशिक रोजगारी पाएको जानकारी दिनुभयो । त्यसमा बन्द हुँदा दैनिक रु दुई करोड २० लाख नोक्सान भएको सुवेदीको भनाइ छ । मेघौलीमा पर्यटन क्षेत्रमा रु एक अर्ब लगानी भएको बताइन्छ । सोह्र उच्चस्तरका होटल रहेको मेघौलीमा ४५० मजदूरले काम गर्ने गरेको उल्लेख गर्दै उहाँले सिजनका समयमा दैनिक रु आठ लाख ५० हजार हाराहारी व्यापार हुने गरेको जानकारी दिनुभयो ।

    रु चार अर्बभन्दा बढी लगानी भएको पटिहानीमा ७०० ले रोजगारी पाएका छन् । होटल राम्रो चल्दा दैनिक रु ११ लाखको व्यापार हुने तथ्याङ्क छ । जिल्लामा रिसोर्ट, होटल, जीप, डुङ्गा, हात्ती, टाँगामा रु ३० अर्बभन्दा बढीको लगानी छ । सुवेदीको भनाइमा जिल्लाका २२५ पर्यटकस्तरीय होटलमा दैनिक रु एक करोड ५० लाख र अन्यमा रु एक करोड ५० लाख हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो । जिल्लामा आउने पर्यटकको पहिलो रोजाई जङ्गल सफारी हो ।

    आर्थिक वर्ष २०७२÷०७३ मा ८७ हजार ३९१ पर्यटक यहाँ घुमेका थिए । सोमध्ये नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६, तेस्रो मुलुकका ५० हजार १९३ रहेका थिए । अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको सङ्ख्या निकै घटेको थियो । आर्थिक वर्ष २०७३÷०७४ मा यो सङ्ख्या एक लाख ३९ हजार ९७८ रहेको थियो । त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९०६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए । आव २०७४÷०७५ मा क्रमश सङ्ख्या बढेर एक लाख ५२ हजार ६७१ पुगेको थियो ।

    त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९२५ तेस्रो मुलुक र १९ हजार ६९६ सार्कका रहेका थिए । त्यसको पछिल्लो वर्ष २०७५÷०७६ मा यो सङ्ख्या बढेर एक लाख ८७ हजार १०९ पुगेको थियो । त्यस वर्ष ४४ हजार ६२३ नेपाली, सार्क मुलुकका २४ हजार ७७९ र तेस्रो मुलुकका एक लाख १७ हजार ७०७ रहेका थिए । आव २०७६÷०७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको सङ्ख्या एक लाख ८२ हजार ४३५ पुगेको थियो । नेपाली ८९ हजार ४४१, सार्क मुलुकका १४ हजार २३९ र विदेशी ७८ हजार ७५५ रहेका थिए ।

    चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले सङ्ख्या राम्रो भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । गत वर्ष आव २०७२÷०७३ कै हाराहारीमा ९२ हजार २०९ पर्यटक मात्र यहाँ घुम्न आएको तथ्याङ्क छ । त्यसमा ८९ हजार ६०१ नेपाली, एक हजार ३६४ सार्क मुलुक र एक हजार २४४ तेस्रो मुलुकका छन् ।रासस

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.