चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले वेवारिसे अवस्थामा फेला परेको मोटरसाइकल सम्बन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ । प्रहरीले २२० सिसीको ना ३३ प १०५५ नम्बरको निलो पल्सर मोटरसाइकल धनी भरतपुर महानगरपालिका ४ का ५३ वर्षीय भानुभक्त कँडेललाई बुझाएको हो ।
कँडेलले मोटरसाईकलको सक्कल कागजपत्र साथमा लिएर सम्पर्कमा आएकोले उक्त मोटरसाईकल उनलाई बुझाइएको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल चितवन प्रहरीले साउन ८ गते भरतपुर १० मालपोत चोकमा वेवारिसे अबस्थामा फेला पारेको थियो ।








