• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

परियोजनाले चितवनको समग्र विकासमा कोसेढुङ्गा साबित हुने: मेयर दाहाल

  •   आइतबार, साउन २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिका र आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रा ली बिच भरतपुर मेट्रो प्लाजा निर्माण सम्बन्धि आईतबारनिर्माण सम्झौता सम्पन भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्सले निर्माण र संचालन गरी सम्झौताको मितिले ३ बर्ष पछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने छ । परियोजना निर्माण तथा संचालन सम्झौता निरन्तरको प्रयासपछि सम्पन भएको भन्दै यो परियोजनाले चितवनको समग्र विकासमा एक कोसेढुङ्गा साबित हुने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् । पछिल्लो समय नेपाली समाज सुविधा सम्पन्न मल तथा अपार्टमेन्ट प्रती आकर्षण बढिरहेको बताउदै यो सुविधा सम्पन्न भरतपुर मेट्रो प्लाजा आफ्ने गौरभको आयोजना भएको बताइन् । यसलाई सम्झौतामा तोकिएकै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्स लाई आग्रह गरिन् ।

    सो अवसरमा प्रमुख दाहालले भरतपुरको समग्र विकासमा आफ्नो जोड रहेको भन्दै सिटीहल, मेट्रो प्लाजा, ६ लेन सडक, स्मार्ट सडक लगायतका आयोजनाहरू सम्पन्न हुँदा भरतपुरको मुहार फेरीने बताईन् । परियोजना निर्माण तथा संचालन सम्बन्धी संझौता कार्यक्रममा उप प्रमुख पार्वती शाह ठकुरीले भरतपुरको मुटुमा ठूलो परियोजना निर्माण सम्झौता गर्न पाएकोमा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न गर्न आर्या बिल्डर्सलाई आग्रह गरीन् ।सो अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले सार्वजनिक निजी साझेदारी मोडलमा यो विशाल परियोजना निर्माणले भरतपुर र समग्र चितवनमै थप आयाम थपिने बताए ।

    सम्झौता कार्यक्रममा चितवन उधोग संघका अघ्यक्ष राजु श्रेष्ठले सम्झौता भएको बहु तले व्यवसायिक भवन चितवनकै आईकोन परियोजना हुने बताउदै समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउन आग्रह गरे । कार्यक्रममा अध्यक्ष श्रेष्ठले लायन्सचोकमा बन्ने बहुतले भवन चितवनको थप परिचयको रूपमा रहने विश्वास व्यक्त गर्दै सार्वजनिक निजी साझेदारी मोडलमा परियोजना अगाडी बढाएको भरतपुर महानगर र आर्या बिल्डर्सलाई धन्यवाद ब्यक्त गरेका थिए ।

    सो अवसरमा वडा न ३का वडाध्यक्ष चन्द्र मित्र पण्डित लामो प्रयासपछि आफ्नो वडामा विशाल परियोजना भरतपुर मेट्रो प्लाजा निर्माणको संझौता भएकोमा खुसी व्यक्त गर्दै आफू र वडावासीको तर्फबाट सधै सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । सो अवसरमा आर्या बिल्डर्स एन्ड ईन्जिनियरिङका प्रबन्धक जिवन कंडेलले भदौको पहिलो साताबाटै निर्माणको काम अगाडी बढाउने बताउदै दुई बर्ष भित्रैमा परियोजना सम्पन्न गर्ने गरि कार्ययोजनाका साथ काम अगाडी बढाउने बताए । निर्माणाधिन बहुतले भरतपुर मेट्रो प्लाजा २ तला अन्डर ग्राउन्ड पार्किङ १६ तलाको हुने छ । ३ लाख २५ हजार बर्ग फिट र ५१ मिटर उचाईको रहने छ ।

    दुर्इ तला बेसमेन्ट पार्किङको सुविधा हुने भवनमा ५ तारे होटल देखि सिनेमा हल ,फूट कोर्टका साथै व्यवसायिक स्थलहरू हुनेछन् ।आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर महानगरको मुख्य बजार लायन्सचोकमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा १० कट्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।परियोजना निर्माण तथा संचालन सम्बन्धी महानगर र आर्या बिल्डर्का बिच आज संझौता भएको भन्दै यो परियोजना सम्झौता सम्म आईपुग्दा भिकोक एण्ड कम्पनिले समेत महत्वपूर्ण भूमिका खेलेको भरतपुर महानगरपालिकाका वरिष्ठ ईन्जिनियर भरत आचार्यले बताए ।

    परियोजना निर्माण सम्बन्धी बिस्तृत सम्झौतापत्रमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडा र आर्य इन्जिनियरिङका तर्फबाट प्रबन्धक जिवन कंडेलले सम्झौतामा हस्ताक्षर गरेका छन् ।यो परियोजना संचालन गरी ३० वर्षमा महानगरले लिदा यो अवधीमा ८१ करोड राजस्व महानगरपालिकाले प्राप्त गर्ने छ ।सार्वजनिक निजी साझेदारी मोडलमा संचालन हुने यो परियोजना देशकै पहिलो र ठूलो रहेको महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बताए ।

    २ अर्ब लागतमा निर्माण हुने परियोजना सम्झौता भएको मितिले ३ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने छ भने ३० बर्षपछि महानगरपालिकालाई आर्या बिल्डर्सले हस्तान्तरण गर्ने छ ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.