हेटौंडा । मकवानपुरमा कोरोना संक्रमणको बढ्नुको साथै संक्रमणको जोखिम उच्च बढेको भन्दै आजबाट थप भएको निषेधाज्ञामा जिल्ला भित्र चल्ने निजि तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू भएको हो ।
हेटौंडा बजार क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्न प्रहरी चेकिङ टोलि खटाईएको छ । जिल्ला प्रहरी कार्यलय मकवानपुर अनुसार हेटौंडाको क्याम्पाडाँडा,संगमचोक,कान्तिराजपथ,सिमाचोक,चौकिटोल ओरालो,थानाभर्याङ,कर्रापुल क्षेत्रमा सवारी जाँच भईरहेको छ ।
जिल्लामा आजबाट थप गरिएको निषेधाज्ञा आउँदो साउन ३२ गते सम्म रहेको छ ।








