काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्धको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । सरकारले गत मंगलबार भूमि आयोग विघटन गर्ने निर्णय गरेको थियो।









