काठमाडौं । आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर उपराष्ट्रपति कार्यालय जस्तो गरिमामय संस्थाको नाम दुरुपयोग गरि नपाएको ओहोदा वा पद पाएको भनि भ्रम सिर्जना गरी बिभिन्न व्यक्तिहरुलाई अनेक बहानामा झुक्यानमा पारी व्यक्तिगत लाभ लिने उदेश्यले ठगी गरिरहेको भन्ने प्राप्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटि गएको बिशेष प्रहरी टोलीले २६ गते जिल्ला डोटीको आईसिंह गाउँपालिका वडा नं. ६ घर भई हाल किर्तिपुर नगरपालिका वडा नं. ०७ काठमाडौं बस्ने कुशल भट्ट (किशोर) भनिने केशवराज भट्टलाई कलंकी स्युचाटारबाट पक्राउ गरि निजको बारेमा थप आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।
अनुसन्धानबाट खुल्न आएको कुराहरु :-
२०७५।१२।२६ गते यस्तै प्रकृतिको साइबर क्राइम र ठगी मुद्दामा महाशाखाबाट निजलाई पक्राउ गरिएको थियो । भट्टबाट १ बर्ष कैद र ३० हजार जरिवानाको सजाय भुक्तान गरिसकेका प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो भाट्टले कतिपय व्यक्तिहरुलाई सामाजिक सञ्जाल मार्फत् चिनजान गरि साथी बनि आफू परराष्ट्र मन्त्रालयको सह-सचिव समेत हुँ भनि विश्वासमा पारी ठगी गर्दै आएको ।
निजको साथबाट बरामद भएका सामानहरु :-
१. निजले प्रयोग गर्ने गरेको सिमकार्ड सहितको आइफोन १ थान ।
२. केशवराज भट्ट नामको प्रभु बैंकको एटिएम १ थान ।
३. किशोर भट्ट नामको त्रि-चन्द्र कलेजको बिद्यार्थी परिचयपत्र १ थान ।
४. किशोर भट्ट नामकै नेपाल प्रहरी अस्पतालको ब्लड ग्रुप कार्ड १ थान ।








