हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंबर ५ को ज्यामिरे खोलामा निर्माण गरिएको पक्की पुलको आज उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले पुलको उद्घाटान गरेका हुन् ।
३ करोड ११ लाख रुपैँयाको लागतमा निर्माण भएको पुलको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेह सरकारले विकास निर्माणको कार्यलाई गति दिएको बताए । बागमती प्रदेश सरकारले गरेको कामको उपलब्धी अब देखिन सुरु भैसकेको भन्दै मुख्यमन्त्री पौडेलले नयाँ संरचना भएपनि बागमती प्रदेश सरकारले जनचाहना अनुसारको काम गरिरहेको बताए ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष बिदुर हुँमगाई सहितका स्थानीय जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।








