• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

बौदीकाली गाउँपालिकामा विद्युतीकरणको काममा ढिलाइ

  •   आइतबार, साउन ३१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्र बौदीकाली गाउँपालिकामा विद्युतीकरणको काममा ढिलाइ भएको छ । बौदीकाली–३ र ४ का बासिन्दाको घरमा बिजुली बाल्ने योजनासहित सुरु भएको विद्युत् विस्तारको काम अझै सम्पन्न हुनसकेको छैन । पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको अढाइ वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । गत वर्षको असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भए पनि यहाँ काम अलपत्र परेको छ ।

    विद्युतीकरणका लागि विसं २०७५ मा भौतिक पूर्वाधार विकास मन्त्राललय गण्डकी प्रदेशमार्फत रु एक करोड ८२ लाख १५ हजार ३९७ बजेट विनियोजन गरिएको थियो । विसं २०७६ को माघ महिनादेखि यहाँ पोल गाड्ने काम सुरु भएको थियो । अघिल्लो वर्षको चैत महिनामा नै पोल गाड्ने काम अन्तिम चरणमा पुगेको भए पनि बिजुली भने अझै पुग्न सकेको छैन । कोभिडको पहिलो लहर सुरु भएपछि लकडाउनको बेला लामो समय काम रोकिएको थियो । गत चैतदेखि केही पोलमा तार टाङ्ने काम सुरु गरिए पनि पुनः दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण करिब दुई महिना काम भएपछि अहिले ठप्प बनेको स्थानीयवासी अगुवा कुलमणि ढुङ्गानाले बताउनुभयो ।

    “हामीले पटक–पटक स्थानीय र प्रदेश सरकारले यस विषयमा ध्यानाकर्षण गरायौँ तर कसैले पनि चासो देखाएका छैनन् । देशैभर विभिन्न विकास निर्माणका कामले गति लिँदा पनि यस गाउँमा विद्युत् प्राधिकरणको काम अलपत्र परेको छ । काम छिटो सम्पन्न गरेर हाम्रो समस्याको सामाधान गर्नुप¥यो”, ढुङ्गानाले भन्नुभयो । “गाउँमा बत्ती आए धेरै सुविधा हुने थियो, कुटानी पिसानीदेखि बत्ती बाल्न, टिभी हेर्न सजिलो हुने थियो । विद्युत् नहुँदा कतिपयले गाउँ छाडेर गएका छन्”, स्थानीयवासी कृष्णप्रसाद पराजुलीले भन्नुभयो, “विद्युत् नहुँदा युवा पनि गाउँबाट पलायन भएर अन्त गएका छन् ।

    बिजुली भएको भए त गाउँमै केही गर्ने थिए होला नि ?, सिँचाइलाई पानीको पनि समस्या रहेकाले बत्ती आएको भए खोलाबाट पानी तान्न पनि सजिलो हुने थियो, अरु मेसिन चलाउन, पङ्खा चलाउन सबै सजिलो हुने थियो तर बत्ती नहुँदा सबै कुरामा समस्या छ ।” गत वर्षको असोज मसान्तसम्म बिजुली बाल्ने सम्झौता भएको भए पनि कोरोना सङ्क्रमणका कारणले समयमा काम गर्न नसकिएको विद्युत् प्राधिकरण लेखनाथ वितरण केन्द्रका इञ्जीनियर कविन्द्रकुमार झाले जानकारी दिनुुभयो ।

    समय थप गरेर केही समय काम सुरु गरेको भए पनि दोस्रो लहरको कोभिडले प्रभावित भएको उहाँको भनाइ छ । स्थानीयवासीले बारम्बार ताकेता गरिरहेकाले काम छिट्टै सम्पन्न गर्र्ने प्रयासमा लागेको उहाँले बताउनुभयो ।

    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो
    कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.