हेटौंडा । मकवानपुर प्रहरीले जारी निषेधाज्ञामा मास्क नलगाई हिड्नेलाई जरिवाना सहितको कारबाहीलाई निरन्तता दिईरहेको छ । प्रहरीले सोमबार जिल्लामा मास्क नलगाई हिड्ने १ सय १५ जनलाई जनही एक सयको दरले जरिवाना गरेको छ ।
यसैगरि निषेधाज्ञाको अवज्ञा गर्दे पसल संचालन गर्ने २ जना व्यवसायीलाई नियन्त्रणमा लिई कारबाहीको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार सोमबार विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीबाट ५६६ थान मास्क वितरण गरिएको छ ।








