काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८६७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ६३९, भक्तपुरमा १०१ र ललितपुरमा १२७ जना संक्रमित थपिएका हुन् ।
बुधबार उपत्यकामा ९९३ जना कोभिड–१९ संक्रमित थपिएका थिए । गत २४ घण्टामा देशभर ३०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप २१२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।








