हेटौंडा । मकवानपुर प्रहरीले बुधबार निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ६ जनालाई जरीवानासहित कारबाही गरेको छ । प्रहरीले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई नियन्त्रण तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउने ६ जनालाई जरीवानासहित कारबाही गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, निषेधाज्ञा उल्लङ्घन गरी मास्क नलगाउनेलाई जनही एक सय रुपैयाँ जरीवाना गरिएको हो । साथै प्रदहरीले १ सय ७८ थान मास्क वितरण गरेको छ ।
जिल्लामा दिनप्रतिदिन कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएकोले जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञालाई कडाई गरेको छ ।








