• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

सामुदायिक रेडियो विजय एफएम गौरवमय १८ औँ वर्षमा

  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गैँडाकोट । विजय एफएम १०१.६ शनिबारदेखि गौरवमय १८ औँ वर्षमा प्रवेश गरेको छ । विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो । जिल्लाकै पहिलो र बढी प्रसारण क्षमता रहेको यस रेडियोले ‘सत्य–तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावनालाई आत्मसात् ना कार्यक्रमहरूलाई अघि वढाएको छ ।

    रेडियोले सत्र वर्षको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रूपमा काम गर्दै आएको छ । वार्षिकोत्सवको पूर्व सन्ध्यामा रेडियोले विगतका वर्षहरुमा विभिन्न संघसंस्थासंग अन्र्तक्रिया गर्दै समाजको आवश्यकता र समस्याका बारेमा अन्तक्रिया गर्दै आएको थियो । कोभिड १९ को कहरका बीच भौतिक रुपमा स्रोता आफन्त समक्ष जान असमर्थ रहेपनि रेडियो र आवाजका माध्यमबाट जनचासोका सवालहरुमा काम गर्न संस्था प्रतिवद्ध रहेको संस्थाका अध्यक्ष भूमिराज चापागाईंले बताउनुभयो ।

    कोरोना त्रासका बीच भव्य कार्यक्रम गर्न नसकिएको जनाउँदै उहाँले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ । अध्यक्ष चापागाईंले सामुदायिक रेडियोले यस वर्ष जनस्वास्थ्यका सवालहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनुभएको छ । रेडियोले अहिले पनि विजय विकास स्रोत केन्द्रसंगको सहकार्यमा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम उत्पादन गरेर जिल्ला अन्य संचारमाध्यमबाट प्रसारण गर्दै सचेतना फैलाउने काम गरिरहेको सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।

    म्यानेजर उपाध्यायले कोभिड १९ का कारण समुदाय नराम्रोसंग प्रभावित बनिरहेको अवस्थामा कोभिड पछि अवस्था र कोभिड न्यूनिकरणका लागि रेडियोसंग हातेमालो गरेर अघि बढ्न सबै संघसंस्थालाई आग्रह समेत गर्नुभएको छ । सामुदायिक रेडियो तथा पत्रिकाले अहिले पनि शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ । मेरो, तपाईंको र हामी सबैको सामुदायिक रेडियो विजय एफएम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत १७ वर्षदेखि अनवरतरूपमा रेडियो तरङ्गमार्फत सेवा पु¥याउँदै आएको छ ।

    स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैङ्गिक हिंसाको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्त र अविचलित भई सशक्तरूपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ ।

    यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुवै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आएको विजय एफएम तथा विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भूमिराज चापागार्इंले बताउनुभयो ।

    कोभिड १९ का कहरकाबीच रेडियो सञ्चालनमा चुनौती भएपनि व्यवसायिक पत्रकारिताको सुरक्षा र व्यवस्थापनका लागि आफुहरु कटिवद्ध र सचेत रहेको संस्थाका सचिव गिरिराज लम्सालले बताउनुभयो । कोभिडका कारण विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रभाव पर्नु र त्यसको सिधा असर रेडियोको आन्तरिक स्रोतमा परिरहेको छ । यस्तो अवस्थामा संस्थागतहित कायम गर्दै पत्रकारको रोजगारीको सुरक्षालाई बडो गम्भिरतपूर्वक लिएर काम गरिरहेको संस्थाका कोषाध्यक्ष भानु रिमालले बताउनुभयो ।

    कोभिड कहरकाबीच रेडियोले वार्षिकोत्सव स्टुडियो केन्द्रीत गरेको छ । स्टुडियोबाटै शुभकामना आदानप्रदानको कार्यक्रम गरेको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा स्थानीयले रेडियोको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

     

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • २.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ३.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ४.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ६.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ७.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ८.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.