• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

प्रेस चौतारी चितवनले जोखिम पत्रकारिता र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने

  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । प्रेस चौतारी चितवनको शनिवार बसेको विस्तारित बैठकले कोरोना भाइरसको संक्रमण, बाढि, पहिरोका बेला जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो । सो पुरस्कारका लागि पत्रकार छनौट गर्न प्रेस चौतारी चितवनका पूर्व अध्यक्ष एवम् पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र प्रेस चौतारी बागमती प्रदेश कमिटी सदस्य प्रतिमा सिलवाल रहेको तीन सदस्यीय समिति गठन गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो ।

    सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्नेछ । दुई पत्रकारले जनही १०÷१० हजार रकम पुरस्कार पाउनेछन् । एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्व सचिव एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष सरोज कण्डेलले जोखिम मोलेर जनतालाई सुसूचित गर्ने पत्रकारहरुलाई थप उर्जा दिनका लागि जोखिम पत्रकारिता पुरस्कारको संयोजक प्रेस चौतारी चितवनमार्फत गर्नुभएको हो । उहाँले आगामी दिनमा यसलाई नियमित गरेर थप रकम संयोजन गरिने जानकारी दिनुभयो । यस्तैं, बैठकले प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार दुई जनालाई वितरण गर्ने भएको छ ।

    पत्रकारिता विषय लिएर स्नातक तह र पत्रकारिता विषयमा प्लस टू मा सबैभन्दा धेरै अंक ल्याएर जिल्ला प्रथम हुने एक÷एक जना प्रेस चौतारी शैक्षिक प्रतिभा पुरस्कार हरेक बर्ष प्रदान गर्ने निर्णय गरिएको हो । सो पुरस्कारको संयोजन पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारीले गरेका हुन् । संगठनको बैठकले १५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ । जसमा अध्यक्ष सुवास पण्डित, सहअध्यक्ष कृष्ण आचार्य, गोविन्द घिमिरे, इन्दिरा दाहाल, मुकुन्द दाहाल, अमिर रामदाम, राजु थापा, धु्रबराज खनाल, विकास पौडेल, हेमराज रिमाल, सविता दराई, प्रदिप घिमिरे, अमृत काफ्ले, रामशरण गैह्रे र रविना पौडेल रहेको सचिवालय गठन गरेको हो ।

    बैठकले पत्रकार मधुसुदन दवाडी र किशोर खनाललाई बागमती प्रदेश कमिटी सदस्यमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष सुवास पण्डितले जानकारी दिए । चौतारीले रामबाबु सुवेदी, नारायण सापकोटा, कृष्ण गिरी, हरिप्रसाद पोखरेल, मुकुन्दराज दाहाल, मनोज विस्ट, सुरेश अधिकारी, सन्तकुमार चौधरी, विश्वास पौडेल सदस्यीय जिल्ला सल्लाहाकार चयन गरेको छ । यस्तैं, संगठनका निवर्तमान अध्यक्ष तीर्थ नेपाललाई संगठनको माथिल्लो कमिटीमा चयनका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।

    यस्तैं, पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराई तथा प्रा.डा. शारदा थपलियाज्यूले स्थापना गर्नुभएको शारदा–तिलचन्द्र भट्टराई पत्रकारिकता पुरस्कार कार्यविधि–२०७८ र प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष कार्यविधी–२०७८ लाई सुझावसहित पारित गरेको छ । चितवनको पत्रकारिता क्षेत्रमा विषेश योगदान गरेका, पत्रकारिताको माध्यमबाट जिल्लाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई उजागर गरेका, अशक्त, विपन्न, दलित, महिला, जनजातीहरुको उथ्थानमा विषेश भूमिका खेलेका र जिल्लाका पत्रकारहरुलाई समक्ष बनाउन विषेश योगदान गरेका सञ्चारकर्मी र सञ्चार संस्थालाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कारको स्थापना गरिएको संगठनका अध्यक्ष सुवास पण्डितले बताउनुभयो ।

    यस्तैं, पत्रकारितालाई मूल पेशा बनाई जिल्लामा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन, सम्मान र सहयोग गर्ने मुख्य उद्देश्य लिएर प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोष स्थापना गरिएको हो । बैठकले संगठन विस्तारको कामलाई तीव्रता दिने निर्णयसमेत गरेको छ । बैठकले संगठनको भवन निर्माणका लागि सहयोग गर्ने तथा कोरोना भाइरसको संक्रमणबाट पत्रकारलाई सुरक्षित राख्न स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेर सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

    संगठनका सल्लाहाकर सुरेश अधिकारीले भवन निर्माणका लागि १५ हजार ५ सय ५५ र सचिवलाय सदस्य प्रदिप घिमिरेले ५ हजार सहयोग गर्नुभएको छ । संगठनका केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सहसंयोजक शिशिर सिम्खडाको प्रमुख आतिथ्यता भएको कार्यक्रममा केन्द्रीय सदस्य अनन्तप्रकाश सुवेदी, नवराज ढकाल, सल्लाहाकार मुकुन्दराज दाहाल, पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद पोखरेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला सहअध्यक्ष कृष्ण आचार्यले गर्नुभएको थियो ।

    चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण
    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.