फाईल फोटो
हेटौंडा । पहिरो जाँदा काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ। मंगलबार बिहान बाटोको माथिबाट अचानक सुख्खा पहिरो खस्दा दुइतर्फी बाटो अवरोध भएको र पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन्।








