फाईल फोटो
हेटौंडा । आज बिहान गएको सुख्खा पहिरोका कारण अवरुद्ध बनेको भिमफेदी( कुलेखानी सडक खण्ड एकतर्फी सुचारु भएको छ। सडक खण्डको भिमफेदी(६ जुरिखेतमा गएको पहिरो हटाएपछि एकतर्फी सुचारु भएको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन्। अहिले एकतर्फी सुचारु गरिएको र दुइतर्फी सुचारु गराउन पहिरो पन्छाउने काम भइरहेको छ( प्रहरी निरीक्षक रायले बताए।








