हेटौंडा । मकवानपुरबाट विभिन्न मुद्दामा सजाय तोकिएका ४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । प्रकाउ पर्नेमा बैङकिङ कसुर मुद्धामा १० दिन कैद र चार लाख अठार हजार दुईसय पचास रुपैँया जरिवाना तोकिएका राक्सिराङ गाउँपालिका वडा नं ५ बस्ने कौशिमाया स्याङतानलाई ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
आइतवार राक्सिराङ वडा नं ५ स्थितबाट पक्राउ गरी उक्त कैद र जरिवाना भुक्तानको लागी जिल्ला अदालतमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जानकारी दिएको छ । त्यस्तै वन मुद्धामा तिन लाख सन्ताउन्न हजार छ सय चालिस रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी बकैया गाउँपालिका वडा नं ६ बस्ने गंगा लामालाई प्रहरी टोलीले शनिवार प्रकाउ गरेको छ । उनलाई पक्राउ गरी उक्त जरिवाना भुक्तानको लागी मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै चेक अनादर मुद्धामा दुई हजार रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी बकैया गाउँपालिका वडा नं ३ बस्ने शिव बाहादुर खुलाललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतवार प्रकाउ गरेको छ । उनलाई पक्राउ गरी उक्त जरिवाना भुक्तानको लागी मकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै चितवन जिल्ला अदालतको फैसलाले सवारी ज्यान मुद्धामा दुई हजार रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी हेटौंडा वडा नं ७ बस्ने दशरथ अर्याललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतवार प्रकाउ गरेको छ । उनलाई पक्राउ गरी उक्त जरिवाना भुक्तानको लागीमकवानपुर जिल्ला अदालतमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ ।








