हेटौँडा । लकडाउनको समयमा हेटौंडाका व्यवसायी र प्रहरी बिच पसल खोल्ने विषयमा विवाद भएको छ । सरकारले ब्यवसायीहरुको ब्यवसाय धरापमा पारेको र कुनैपनि विकल्प नदिएको भन्दै आजबाट मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बजार खुल्ला गर्दै हिडेका ब्यवसायीलाई प्रहरीले अबरोध गरेको छ । प्रहरीले लकडाउनको अवज्ञा गरेको भन्दै खुल्ला गरिएको ब्यवसायलाई बन्द गरेको छ । बुधबार बिहानै व्यवसाय खुलाउँदै हिँडेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका मकवानपुर अध्यक्ष कृष्ण कटुवालसहितको टोलीलाई प्रहरीले लकडाउनको पूर्ण पालना गराउनु भन्ने आदेश भएको भन्दै प्रहरीले व्यवसाय संचालनमा रोकेपछि विवाद चर्कीएको थियो । अध्यक्ष कटुवालसहितको उद्योगी व्यवसायीका नेताहरु पसल व्यवसाय खुलाउँदै थिए भने प्रहरी लकडाउनको पालना गराउन पसल व्यवसाय बन्द गराउँदै थिए। ब्यवसायी र प्रहरीबिचको विवादको कारण केहिबेर बजार क्षेत्रमा तनावको अवस्था सृजना भएको थियो । सरकारले लकडाउन गरेको आज ७२ दिन पुगेको अवस्थामा फेरीपनि जेठ ३२ गत्सम्म लकडाउन थपिएपछि सरकारको आग्रहको विरोध उद्योगी ब्यवसायीहरुले गरेका हुन् । आज विवाद भएपछि भोलीबाट के गर्ने भन्ने विषयमा दिउँस बैठक हुने बताईएको छ ।








