• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ७. बिचौलियाको मारमा किसान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

सिएमसीमा डाक्टर पढ्दै गरेका सुर्खेता प्रविन वस्नेत दुईहप्तासम्म पनि फेला परेनन, खोजिदिन अनुरोध

  •   सोमबार, भदौ १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मेडिकल कलेजमा एमबीबीएस तेस्रो बर्षमा अध्ययनरत सुर्खेतका प्रविन बस्नेत झण्डै दुईसातादेखि बेपत्ता भएका छन । परिवारजनका अनुसार भदौ २ गते बुधबार अपरान्ह ४ बजेतिर साथीहरुसंँग चिया खाएर आउंँछु भनेर डेराबाट हिंंडेका बस्नेत हालसम्म पनि सम्पर्कमा आएका छैनन । बेपत्ता भएपछि सुर्खेतबाट चितवन आएका उनका दाई प्रभात बस्नेतले हालसम्म पनि आफ्ना भाई प्रविन बस्नेत फेला नपरेको बताए ।

    हराएको खबर पाएको भोलिपल्ट जिल्ला प्रहरी कार्यालयमा गएर भाई वेपत्ता भएको र खोजिदिन दाई प्रभातले निवेदन दिएका थिए । ‘आमासंँगै भाई सिमसी नजिकै डेरामा बस्दै आउनु भएको थियो । बुधबार अपरान्ह ४ बजेतिर चिया खान निस्कन्छु भनेर हिंँडेको भाई सवा पांँच बजे कल गर्दा मोबाइलमा सम्पर्क भयो त्यसपछि सम्पर्क हुन सकेन । त्यसपछि हामी अत्तालिऔं । ’ उनी चाबी र हेलमेट लिएर हिँंडेपनि मोटरसाइकल भने देवघाट पुल नजिकै पार्किङ्गमा फेला परेको दाई प्रभातले बताए ।

    सोही सांँझ ६ बजेतिर प्रहरीले देवघाट पुल नजिकै पार्किङ्गमा उनको मोटरसाईकल फेला पारेको बताएको थियो । चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले प्रविन बस्नेतको मोटरसाईकल पुल नजिकै भेटिएपनि हालसम्म प्रवीन बस्नेत नभेटिएकोे बताए । ‘स्थानीयले बताए अनुसार हामीले तुरुन्तै सोही स्थानतिरपनि खोजी कार्य गरेका थियौं अधिकारीले भने, प्रविन हराएको निवेदन दर्ता भएपछि खोजीकार्य तीब्र पारेका छौं ।’ प्रहरी नायब उपरीक्षक अधिकारीले अन्य जिल्लाहरुमा पनि वेपत्ता भएको सूचना दिईएको र जिल्लाका सबै प्रहरीका ईलाका ,वडासम्मका कार्यालयहरुमा समेत जानकारी गराईसकिएको बताए ।

    वेपत्ता भएका प्रविन हालसम्म फेला नपरेपछि उनका परिवार थप चिन्तामा परेका छन । प्रहरीमा भाई हराएको निवेदन दिएपनि हालसम्म कुनै खबर प्राप्त नभएको दाई प्रभात बस्नेतले बताए । ‘हामी दुईहप्तादेखि पीरमा छौं, चिन्तित छौं नत प्रहरीले पत्ता लगाउन सकेको छ नत अन्य कतैबाट खबर आउंँछ । जहांँ भएपनि खबरदिनुहोला ’ प्रभातले भने ।

    उनले हराएका आफ्ना भाईको खोजी कार्य गर्न सबैसंँग विनम्र अनुरोध गरेका छन । ‘मेरो भाईको फोटोको आधारमा उनलाई कतै देख्नुभए कृपया मोबाइल नम्बर ९८५८०५३७७३, ९८५८०५१६७७ मा सम्पर्क गरी सहयोग गरिदिनुहोला । या नजिकैको प्रहरी कार्यालय खबर गरिदिनुहोला ।’ उनको हुलिया यसप्रकार छ – गहुंँगोरो,६ फिट अग्लो , पावरवाला चश्मा, सेतो टिसर्ट र जिन्स पेण्ट ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.