• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • १०. अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

संकटमा बाग्मती प्रदेश सरकार,मुख्यमन्त्री शाक्य अल्पमतमा

  •   बुधबार, भदौ १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । अष्टलक्ष्मी शाक्य नेतृत्वको बाग्मती प्रदेश सरकार संकटमा पर्ने देखिएको छ । नेकपा एमालेको स्पष्ट बहुमत पुग्ने अवस्था नरहेपछि सो प्रदेशमा विपक्षी गठबन्धन आबद्ध दलले नै सरकार बनाउने सम्भावना बढ्दै गएको छ । केही दिनअघि सो प्रदेशमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी थिइन् ।

    उनलाई त्यस बखत मुख्यमन्त्री रहेका डोरमणि पौडेलले बाटो खुला गर्दै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेका थिए । तर, बदलिएको राजनीतिक अवस्थासँगै माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । सो दललाई रोज्दै मंगलबार मात्रै बाग्मती प्रदेश निर्वाचन कार्यालय हेटौंडामा एमालेका १२ प्रदेश सभा सदस्यले सनाखत गराएका छन् । उनीहरू नेपालले नेतृत्व गरेको दलमा लाग्दा मुख्यमन्त्री शाक्यको पद धरापमा पर्ने निश्चित छ ।

    संविधानअनुसार मुख्यमन्त्री शाक्यले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्नेछ । त्यस्तो अवस्थामा उनलाई सो पद जोगाउन मुस्किल हुनेछ । उनलाई प्रदेशमा सरकार जोगाउन ५५ सांसदको समर्थन आवश्यक पर्छ । कुल १ सय ९ सदस्यीय बाग्मती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद छन् । त्यसमध्ये १२ जना नेपाल नेतृत्वको दल नेकपा एसमा खुल्दा एमालेमा ४४ जना बाँकी रहन्छन् । यस्तो अवस्थामा विपक्षी गठबन्धनमा आबद्ध सांसदहरूको संख्या बढी हुने देखिन्छ ।

    बाग्मती प्रदेशमा नेकपा माओवादी २३, कांग्रेस २२ नेकपा (एकीकृत समाजवादी) १२, नेकपा एमाले ४४, नेमकिपा २, राप्रपा २ विवेकशील साझा ३ स्वतन्त्र १ प्रदेश सभा सदस्य छन् । नेकपा एकीकृत समाजवादी र एमालेको सांसदको संख्या भने निर्वाचन आयोगले दल परिवर्तन गर्न दिएको समय २२ भदौसम्म अझै थपघट हुन सक्छ । यस्तो अवस्थामा हाल सो प्रदेशमा विपक्षी गठबन्धनमा रहेका दलको नेतृत्वमा सरकार बन्न सक्छ ।

    तत्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्रीका रूपमा २ भदौमा नियुक्त गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.