चितवन । चितवन नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएपछि चितवनमा पनि काग्रेसको विभिन्न पदका लागि आकाक्षीहरु बढेका छन् । युवा नेता दिपक अधिकारीले नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशनमा चितवन जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषण गरेका छन् ।
काग्रेँस पार्टीमा देखिएको विकृती हटाउन र युवा पुस्तालाई अग्रसर गराउन आफुले सचिव पदमा उम्मेदवारी दिने घोषण गरेको उनले बताए ।
काँग्रेसको विभिन्न पदमा रहेका काम गरेका अधिकारी लामो समयदेखि सामाजिक कार्यमा समेत क्रियाशिल रहदै आएका छन् । राजनीतिलाई स्वार्थरहित समाज सेवा बनाउन आफु जिल्ला सचिव पदमा उम्मेदवारी दिएको उनले स्पष्ट पारे । अधिकारी गाँउ तह हुदै बालकुमारी कलेजमा नेविसंघ, तरुण दल जिल्ला सदस्य, युवा विद्यार्थीको क्षेत्रिय संयोजक, ५ बर्ष क्षेत्रिय सदस्य, जिल्ला सदस्यसहित ९ वर्ष मंगलपुरको सेतीदेवी सामुदायिक वनको अध्यक्षसहित विभिन्न दुई दर्जन बढी संघसंस्थामा रहेर कुशल पूर्वक काम गरिसेका छन् ।
राजनीतिबाट उदाएर आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका अधिकारी जिल्लामा सालिन, भद्र र लोकप्रिय युवा नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन् ।








