रत्ननगर । भिषाको अवधि गुज्रिएपनि नेपालमा लुकिछिपी बस्दै आएका चीनिया एक पर्यटकलाई प्रहरीले पक्राउ गरेको छ ।
२०२० अप्रिलमा भिसा सकिएपनि हालसम्म पनि नेपाल ‘ओभर स्टे’ बस्दै आएका थिए । सौराहामा लुकीछिपी बस्दै ५१ बर्षीय ह्वाङ्ग सिक्वान कोभिडका कारण बढी बसाई अवधि बसेको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रहरीले सिक्वानलाई नियन्त्रणमा लिई काठमाडौं भृकुटीमण्डप पर्यटक प्रहरी मार्फत अध्यागमन विभाग बुझाएको छ ।








