हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा–७ न्युरेनीमा भएको दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा(४ का जीतबहादुर थापा रहेका छन् । हेटौंडा(६ चौघडाबाट बजारतर्फ आउदै गरेको ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका चालक थापाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।








