काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५७ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।
काठमाडौंमा २३०, भक्तपुरमा ४२ र ललितपुरमा ८५ जना संक्रमित थपिएका हुन् । गत २४ घण्टामा देशभर ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थप १३६८ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।








