काठमाडौं । कक्षा १२ को बार्षीक परीक्षाको आज बुधबारबाट हुँदै छ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कोरोना महामारीका कारण यसबर्षको परीक्षा प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट दिन पाउने बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।
कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीहरूले अहिले परीक्षा दिन नपाएपनि उनीहरुका लागी पछि छुट्टै व्यवस्था गरिने बोर्डका अध्यक्ष पौडेलले बताए । त्यसका लागी संक्रमित विद्यार्थीहरुले आफू संक्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउनपर्ने छ । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो ।
तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आजदेखि हुन लागेको हो । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको र प्रश्न पत्र साढे १० बजेभित्र अनलाइन माध्यमबाट प्रत्येक परीक्षा केन्द्रमा पु¥याइने बोर्डका अध्यक्ष डा. पौडेलले बताए ।








