हेटौंडा । मकवानपुरमा २४ सै घण्टा व्यवसाय गर्न पाइने भएको छ । आगामी असोज १ गतेबाट व्यवसाय २४ सैं सञ्चालन गर्न पाइने भएको हो। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै व्यवसाय २४ सै घण्टा संचालन गर्न पाइने जानकारी दिएको हो ।
यसअघि मकवानपुरमा व्यवसाय संचालन गर्ने समयसिमा विहान ६ बजेदेखि साँझ ६ बजेसम्म तोकिएको थियो। प्रशासनका अनुसार सिनेमाहल, दोहोरी साँझ पनि संचालन गर्न छुट दिइएको छ ।निषेधाज्ञा अवधी भने असोज १५ सम्म लम्बाइएको छ ।









