हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको हेटौंडा भिमफेदी– कुलेखानी सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ। सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिका ६ जुरिखेत नजिक लेदो माटो सहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ। हिजो देखिको बर्षाका कारण शनिबार बिहान बाटोको माथिबाट अचानक लेदोमाटो पहिरो खस्दा दुवै तर्फी बाटो अवरोध भएको र पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक राम बालक रायले बताएका छन्।








