• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

भद्रगोल र अस्तव्यस्त भरतपुर अस्पताल: पार्किङ्ग व्यस्थापन नहुंँदा सेवाग्राही मर्कामा

  •   बुधबार, असोज ०६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पछिल्लो समय भरतपुर अस्पताल थप भद्रगोल र अस्तव्यस्त बन्दै गईरहेको छ । केन्द्रीय सरकारी अस्पताल भएपनि यसमा न कुनै सुधार आउन सकेको छ त न सेवाग्राहीलने समयमा सेवा । पटक पटक विवाद र समस्या भईरहने यो अस्पताल पुनः पछिल्लो पटक सवारीसाधन पार्किङ्ग अभावका कारण अस्तव्यस्त र कुरुप हुँदा सेवाग्राही मर्कामा परेका छन । बजेट र आन्तरिक साधन स्रोत राम्रै भएपनि अस्पताल व्यवस्थापन समिति र प्रशासनको कमजोर व्यवस्थापन र लापरवाहीका कारण यसको सेवामाथि सेवाग्राही दिक्क बनेका छन ।

    कम गुणस्तरणीय सेवा दिने अस्पताल भनेर आरोप लागिरहेका बेला झण्डै ३ हप्तादेखि अस्पतालको हाता भित्र रहेको पार्किङ्ग हटाईदा सेवाग्राही थप मर्कामा र दुर्घटना जोखिममा भएको छ । पार्किङ्ग नहुंँदा सेवाग्राहीले अस्पताल बाहिर यत्रतत्र सवारीसाधन पार्किङ्ग गरेको पाईन्छ । सडकनै छोप्नेगरी दुईतर्फी सवारी साधन पार्किङ्ग गरिंँदा विरामी लिएर आउने एम्बुलेन्स र सवारीसाधनलाई झनै कठिन भएको छ । सडक किनारामा पार्किङ्ग गर्दा एकातिर दुर्घटना जोखिम त छदैछ अकोर्तिर अस्पतालको स्वरुप लाईनै कुरुप बनाईदिएको छ । दुईदर्जन भन्दा बढी जिल्लाबाट उपचारको लागि आउने यो अस्पतालको विजोग र अस्तव्यस्त भएपनि सरोकारवालाले यसप्रति बेखर र वेवास्ता गरेका छन । ट्राफिक व्यवस्थापनमा अस्पताल प्रशासन पनि ग्रैहजिम्मेवार र लाचार बनेको छ ।

    लामोसमय सम्म पश्चिमपट्टी पहिलेको ठाउंँ रहेको पार्किङ्ग सञ्चालनमा नआउंँदा सेवाग्राही मर्कामा परेका छन । पार्किङ्ग विकल्प अर्को स्थानमा व्यवस्थापन नगरी सोही ठाउंँमा मोज्याक टायल लगाउने भन्दै उक्त पार्किङ्ग क्षेत्र अलपत्र बनाईएको छ । अस्पतालले कर्मचारीका लागि भित्र अलग्गै पार्किङ्गको व्यवस्था गरेपनि दैनिक हजारभन्दा बढी उपचारका आउने सेवाग्राही र सयौं सवारी साधन व्यवस्थावनमा अस्पताल अनुत्तरदायी बनेको सहजै प्रष्ट छ । सरकारी अस्पताल भएकै कारण अस्पतालको व्यवस्थापन पक्षलाई न चासो च न चिन्ता नै । सरोकारवाला निकाय एक अर्कामा दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छिदै आएका छन । अस्पतालका सूचना अधिकारी गोपाल पौडेल अस्पतालका कर्मचारीको लागि भित्र पार्किङ्गको व्यवस्था गरिएको र सेवाग्राहीको लागि भने पार्किङ्ग निमार्ण कार्य भईरहेको बताउंँछन ।

    ‘१५ दिन त भयो पार्किङ्ग बनाउन लागेको उनले भने, अब केही दिनभित्र सकिहाल्छ नि ।’ तर बाहिर छरपस्ट भएको पार्किङ्गको बारे आफ्नो सरोकारको बिषय नभएको उनले बताए । ‘स्टाफको लागि भित्र छ , सेवाग्राहीले स्वास्थ्य कार्यालय अगाडि राख्न सक्छन , पौडेलले भने, बाहिर जथाभावी राखिएको सवारीसाधन हेर्ने काम त ट्राफिक को हो नि ?’ उनले भनेजस्तो नत सेवाग्राहीले आफ्नो सवारीसाधन टाढा लगेर राख्न सकछन नत एम्बुलेन्स चालकले नै ।

    स्वास्थ्य जस्तो संवेदनशील काममा आएका सेवाग्राहीका सवारी साधन र एम्बुलेन्सका लागि यो व्यवहारिक विकल्प पनि होइन । अस्पताल बाहिर पनि सवारीसाधन व्यवस्थापन गरेर वा शशुल्क रुपमा लिएर व्यवस्थापन गरेको खण्डमा एकातिर सवारीसाधनको सुरक्षा हुन्छ त अर्कोतिर ट्राफिक व्यवस्थापन पनि राम्रो देखिन्छ । तर सरोकारवालाबीच समन्वयको अभाव भएको देखिएको छ । जिल्ला ट्राफिक कार्यालय , चितवनका प्रमुख भगवानराज थापा अस्पतालले अस्पताल भित्रै पार्किङ्गको व्यवस्था गरिए यस्तो समस्या नहुने बताउंँछन । ‘हामीले कति ठाउंँमा हेर्ने , हामीलाई सहयोग गर्ने कसले ? उनले भने, हाम्रो जनशक्तिनै न्यून छ ।

    सकिञ्जेल त व्यवस्थापन गरेकै छौं ।’ अस्पतालले अस्पताल बाहिरको काम भनेर पन्छिन नमिल्ने उनको भनाई छ । ‘हामीले राजमार्गको व्यवस्थापन हेर्ने कि? भित्री गल्लीको हेर्ने कि? दुर्घटनाको हेर्ने ? ट्राफिक एक्लैले हेर्न त्यही अनुसार स्रोत, जन शक्ति पनि हुनुपर्यो ।’ थापाको गुनासो छ । स्थानीय सरकारको रुपमा रहेको भरतपुर महानगरपालिकाको पनि यसतर्फ पटक्कै ध्यान दिएको छैन । स्मार्ट सिटी बनाउने लक्ष्य लिएको महानगरले फोहोर व्यवस्थापन त गर्न नसकेको बेला भरतपुर अस्पतालको विषयमा चासो पटक्कै नलिएको हो ।

    भद्रगोल पार्किङ्ग कारण महानगरको सौन्दर्यमा समेत असर परेको छ । आ–आफ्नो जिम्मेवारी सम्बन्धित निकायको नै हुने महानगरको दाबी छ । महानगरका प्रवक्ता अरुण पीडित भण्डारी अस्पतालको जिम्मेवारी अस्पताललेनै लिनुपर्ने बताउंँछन । ‘आफ्नो सेवाग्राहीको सवारीको पहिलो जिम्मेवारी अस्पतालकै हुन्छ , भण्डारीले भने, अस्पतालले ट्राफिकसंँग समन्वय गर्ने हो । हामीले आवश्यक पर्यो भने सहयोग गर्ने मात्र हो । ’भरतपुर अस्पतालको हाताभित्र रहेको पार्किङ्ग व्यवस्थापन बाहिर पेटी र किनारामा राखिएको पार्किङ्ग व्यवस्थापनमा समेत महानगरको भूमिका नहुने उनको भनाई छ ।

    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता
    दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • २.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ४.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ७.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ८.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.