• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

तमसुकमा बिहे, वडामा तलाक

  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सिरहाको लहान नगरपालिका -५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो। विवाहनामामा दुलहा र दुलहीको सहीछापसहित मुस्लिम समुदायका अगुवा काजी र दुई साक्षीले हस्ताक्षर गरे। दैन मोहर १ लाख ५१ हजार ७ सय ८६ रुपैयाँमा बिहे सम्पन्न भएको उक्त लिखतमा उल्लेख छ।

    सुन–चाँदीका गहनादेखि दाइजोको ६६ प्रकारका सामान दाइजो दिएको विवरण समेटिएको छ। जसमा लेखिएको छ– ‘श्रीमान्ले श्रीमती…..सँग स्त्री हकअनुसार कुनै किसिमको अनुचित व्यवहार गरेमा तपसीलमा लेखिएको दहेजका सरसामानहरू दैन मोहरसमेत इस्लाम धर्मको अधिनमा रही मुलुकी ऐनको स्त्री अंश महलको दफा उपदफामा उल्लेख भएअनुसार असुल गराई लिनू।’ नइम बिहेको दुई महिना नबित्दै वैदेशिक रोजगारीका लागि कतारतिर उडे। ‘बिहे भएको महिना नबित्दै घरमा दुःख दिन थालेको थियो।

    श्रीमान् पनि विदेश गयो। विदेश जान रोक्न खोज्दा पनि मानेन। थाहै नदिई गयो’, तवसुमले अन्नपूर्ण पोस्ट्सित भनिन्, ‘विदेश गएपछि झन् सम्पर्क, कुराकानी केही गर्न मानेन। यता घरमा सासू–ससुराले पीडा दिन थाल्यो।’ उनी बुबाआमासँग सम्पर्क गरी माइत आएर बस्न थालिन्। पछि गाउँका जातीय अगुवाले छलफल गरी सासू–ससुरासँगै बस्न पठाएको उनले सुनाइन्। ‘केही महिना नपुग्दै फेरि पहिलेजस्तै दुःख दिन थालेपछि माइत फर्केर आएँ।

    श्रीमान् पनि सम्पर्कविहीन भयो। सासू–ससुराले धाकधम्की हिंसा गर्न छाडेनन्’, उनले भनिन्, ‘मेरो बुबाले गाउँका अगुवा, वडाध्यक्षलाई घटना मिलाइदिन आग्रह गरे। तर, अगुवाहरूले केटा पक्षको दबाबमा सम्बन्ध विच्छेद (तलाक)को निवेदन हाल्न लगायो।’ उनले २०७७ मंसिर ४ गते लहान नगरपालिका–५ को वडा कार्यालयमा निवेदन दिइन्।

    वडा कार्यालयमै मंसिर ८ गते सम्बन्ध विच्छेदको कागज बन्यो। नइम भने विदेशमै थिए। छोडपत्रमा उनका बुबाले हस्ताक्षर गरेको पाइएको छ। त्यसमा तवसुमको अंश भागमा पर्ने चलअचल सम्पत्तिबापत १ लाख ५१ हजार रुपैयाँ ‘बुझिलिई’ भनेर लेखिएको छ। तर, विवाहनामाको सर्त उल्लेख छैन। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.