• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

ओली र दाहाललाई चुनावी चटारो

  •   शुक्रबार, असोज ०८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह र त्यसपछि हुने संघीय संसद् तथा प्रदेशसभा चुनावलाई लक्षित गर्दै दुवै दलका नेताले कार्यकर्तालाई तयारी थाल्न निर्देशन दिएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार फरकफरक स्थानमा दिएका अभिव्यक्तिले यी दुवै दल निर्वाचनबारे चिन्तित हुन थालेको संकेत गरेको छ।

    दुईदुईपटक प्रतिनिधिसभा विघटन गरेका एमाले अध्यक्ष ओलीका हरेक अभिव्यक्ति चुनावमय हुने गरेका छन्। उता माओवादी अध्यक्ष दाहालका अभिव्यक्ति पनि चुनाव केन्द्रित भएर आउन थालेका छन्। एमाले अध्यक्ष ओलीले देशव्यापी रूपमा संगठन निर्माणका क्रममा आगामी निर्वाचनमा बहुमत ल्याउने दाबीसहित अभिव्यक्ति दिइरहेका बेला बिहीबार माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि जनवर्गीय संगठन वाइसिएलको कार्यक्रममा निर्वाचन केन्द्रित अभिव्यक्ति दिए।

    बिहीबारको कार्यक्रममा ओलीले सबै विकास निर्माणको स्वरूप आफ्नो सरकार भएका बेला तयार पारेकाले वर्तमान सरकारले स्विचमात्रै थिच्ने काम गरेको दाबी गरे। यस्तो कामले वर्तमान सरकारको कुनै अस्तित्व नहुने उनको जिकिर थियो। विकास निर्माणदेखि सबै कार्यले गर्दा अन्य दलहरू आफ्नो पार्टीको छेउमा कम्मरमुनि मात्रै आउने दाबीसमेत उनले गरे। ‘यत्तिकै लिरिखिरी पाराले एमालेसँग लड्न सक्दैनौ। मन्त्रिमण्डल बनाउन नसक्नेले एमालेसँग लड्ने धाक किन लगाउनु।

    एमालेविरुद्ध केके न गरेको भन्छन्। एमालेलाई खुब नोक्सान पारेको भन्छन्। तर सबै मिल्दा पनि कति छन् ? हाम्रो कम्मर–कम्मरआइपुग्छन्, त्यत्ति न हो’, ओलीले भने। उनले गठबन्धन मिलेर आए पनि एमाले एक्लै निर्वाचनमा जान सक्षम रहेको दाबी गरे। उता माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि अबको निर्वाचन २०६४ को जस्तै बनाउनुपर्ने भन्दै वाइसिएललाई त्यसै अनुसार तयारी गर्न निर्देशन दिए। ‘मतपत्रको बाकस साट्ने, पुलिस कर्मचारी प्रयोग गरेर जित्न खोज्नेलाई लखेट्नुपर्छ।

    हामीले त्यो बेला कति गरेका थियौं, तपाईंहरूले कति गर्नुभयो २०६४ मा। गर्नुपर्ने पनि गरियो, नगर्नुपर्ने पनि गरियो र पो जितियो। अब पनि त्यही परिस्थिति निर्माण हुँदैछ नत्र गुन्डाहरूले जे पनि गर्नेछन्’, दाहालले भने। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.