काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशविपरीत सर्वोच्च अदालतको परमादेशबाट गठन भएको सरकार पूर्णत असफल भएकाले अब ताजा जनादेशको विकल्प नभएको बताएका छन् । उनले ताजा जनादेशबाट आउने सरकारले मात्रै मुलुक र जनताको मुहारमा खुसी ल्याउन सक्ने बताए ।
नेकपा एमाले विधान महाधिवेशनको पूर्वसन्ध्यामा प्रचार उपसमितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग मंगलबार आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारले संविधान र कानुनको हुर्मत लिएको र जनताको चाहनामाथि कुठाराघात गरेकाले यो सरकार छिट्टै महासंकटमा पर्ने दाबी गरे ।
उनले सरकारका जनविरोधी र संविधान विरोधी कार्यप्रति खबरदारी गर्न सम्पादकहरूसँग आग्रह गरे । अध्यक्ष ओलीले सरकारले चलिरहेको संसद मध्यरातमा हठात् अन्त गरी षड्यन्त्रमूलक किसिमले अध्यादेश ल्याएर संविधान कुल्चने काम गरेको आरोप लगाए । सरकारले अध्यादेश ल्याउनुअगावै त्यस सम्बन्धमा निर्वाचन आयोगले नियमावली ल्याउनु ठूलो षड्यन्त्र र जालझेल हो, अब यस्ता जालझेल र षड्यन्त्र लामो समयसम्म टिक्न सक्दैन्’ अध्यक्ष ओलीले भने । यो समाचार आजको राजधानी दैनिकमा छ ।








