हेटौँडा । भिमफेदी गाउँपालिका –६ चिसापानीगढी बजार नजिक चकमकेमा सडेगलेको अवस्थामा शव फेला परेको छ ।सडकबाट अन्दाजी ३० मिटर तल सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्त डिएसपी ईन्द्र बहादुर रानाले बताएका छन । शव नजिकै महिलाले कानमा लगाउने टपका र कपडा भेटिएकोले,टप र कपडाको आधारमा शव महिलाको हुन सक्ने डिएसपी रानाले बताए ।शव पोष्टमार्टका लागि हेटौँडामा राखिएको र घटनाको अनुसन्धान भइरहेको जनाइएको छ ।उक्त शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गेरका थिइ ।








