• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

  •   बुधबार, असोज २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    महोत्तरी। बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती÷बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैँ) सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती÷बस्तीमा गरिने झिंझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा देखिन छाडेको हो ।

    ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै गएपछि पाका पुस्ताका मैथिललाई दशहारा आएजस्तो लागेको छैन । “कतै ढोल बजेको सुनिँदैन, न झिझिया नाच नै देखिन्छ ” भङ्गाहा नगरपालिका–४ रामनगरका ८५ वर्षीय रामनन्दन महतो भन्नुहुन्छ, “दसैँ पर्व लागेजस्तो नै बुझिन्न । ” बस्तीमा ढोल नबजेको र राति झिझियाको लय सुन्न नपाइएपछि दसैँ लागेको अनुभूति नै नभएको उहाँको भनाइ छ । महोत्तरीसहितका मिथिलामा दसैँ पर्वको नवरात्र सुरु भएसँगै बस्तीका घरैजसो ‘दसैँ के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राती महिलाले सामूहिकरुपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि रामनन्दनजस्तै यसभेगका सर्वसाधारणले चिन्ता जनाएका छन् । “बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ? ” जलेश्वर नगरपालिका–५ चौडिया बस्तीकी दानादेवी नेपालीले भन्नुभयो ।

    दसैँ पर्वको घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा बजाउँदै ‘दसैँ के ढोल’ भनेर कराउँदै हिँड्दा ससाना नानीहरु उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बुढापाका बताउँछन् । यसैगरि नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्याङ्गनाको समूह पनि अब पातलिदै गएको छ । ‘तोहरे लागि झिझिया बनैली हो बरमबाबा…!’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रह्मस्थान) स्थलमा पुगेर बडादसैँमा मिथिलानीले सुरिलो भाखामा गाउँदै फनफनी आफूलाई घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बूढापाका मैथिलको चिन्ता बढेको हो ।

    गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअगालेपछि अब दसैँको ढोल बज्न छाडेको हो । “के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन् , के गरौ ?” भङ्गाहा–४ रामनगरकै चमारटोलका ७० वर्षीय चमार समुदायका अगुवा रघुवर राम चमारले भन्नुभयो । दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब राष्ट्र जान थालेपछि पुख्र्यौली रितिथिति र पेशा थाम्ने कुरा ओझलिएको चमार जातिका अगुवा बताउँछन् ।

    यसैगरी असुर प्रवृतिविरुद्घ सात्विक प्रवृति र असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दसैँ पर्वमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो । “दसैँ लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता सुनिन, देखिन छाडेको छ”, जिल्लाकै भारतीय सीमावत्र्ती सम्सी गाउँपालिकाको सम्सी बस्तीका दीपनारायण साहले भन्नुभयो । पछिल्ला केही वर्षयता गाउँ÷नगर बस्तीमा डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रदै नाच्ने जमातप्रति साहको चित्त दुखाइ छ । “हाम्रो आफ्नै परम्परामा मनोरञ्जनका साधन र विधि छन्, हाँस्न, खेल्न तिनको अनुशरण गरे त भयो नि !”

    तत्कालीन सबिधानसभा सदस्य समेत रहनु भएका साहले भन्नुभयो, “तर अब हाम्रा मनोरञ्जनका विधि सबै छोडिदै गएका छन् ।” दसैँ लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्टात्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुखः दिन सक्ने रुढी विश्वासका आधारमा यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई ‘झिझिया’ भनिन्छ । असङ्ख्य ससाना प्वाल पारिएको माटोको गाग्रो (घैँटो) भित्र बत्ती बालेर एकजना फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउँने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन् ।

    “हुन त यो रुढी विश्वासको परम्परा हो”, भङ्गाहा नगरपालिकाका उपप्रमुख गङ्गादेवी सिंह दनुवारले भन्नुभयो, “तर मिथिला संस्कृतिको अभिन्न अङ्ग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ ।” तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनी सकेको उपप्रमुख दनुवारको थप भनाइ छ । मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैर सरकारी सामाजिक सङ्घ संस्थाले यदाकदा देखाउने गरेका भए पनि जनमनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ ।

    “यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो”,े मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का उपप्राध्यापक ध्रुव रायले भन्नुभयो, “गैरसरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिदैन, जनमनले नै थेग्नुपर्छ ।” मिथिला संस्कृतिको अभिन्न अङ्ग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिन पर्ने रायसहितका बुद्धिजीवीको सुझाव छ । झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्न पर्ने अगुवा मिथिलानी बताउँछन् ।

    यस्तो गर्न सकिएमा लोकपरम्पराको जगेर्ना र वर्तमान आवश्यकताको कुरा व्यक्त हुनसक्ने भङ्गाहा–३ कटैयाकी रामराजी यादवको भनाइ छ । “नयाँ पुस्ताका युवा छोरी–चेली वास्ता देखाउँदैनन्’ उहाँले भन्नुभयो, ‘अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरि सुनाउने स्थिति भइसक्या, यो अवस्था अन्त्यका लागि हामीले नै पहलकदमी लिनपर्छ ।” ‘चलचल गे डैनिया कदम तर तोरा बेटाके खैबौ बरमतर’ दुष्टआत्माकी भनिएकी कथित बोक्सीलाई सतोसराप गर्दै गाइने यी गीत र यसको तालमा नाचिने झिझिया नृत्यलाई यसैको ताल र लयमा नयाँ परिवेशसँग मिलाएर अघि बढ्न पर्ने आवश्यकता अब औंल्याइदो छ ।

    “अब डायनी, बोक्सी भनेर गाली गरिने गीतको भावमा अधिकार प्राप्तिका लागि सचेतता बढाउने, रुढी परम्पराको ठाउँमा समानता र न्यायका पक्षका लडाँइका भाव मिलाउनु पर्छ”, बर्दिवास–९ कै अगुवा महिला नेतृ गीतादेवी महतो भन्नुहुन्छ, “झिझियालाई यसरी परिष्कृत गर्दै अघि बढे यसलाई मुलुकको समानता र न्यायको आन्दोलनकै अङ्ग बनाउन सकिनेछ ।” झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्टआत्मालाई गाली र सन्तानको कल्याण र दीर्घायूको कामनाको भाव हुन्छ ।

    गीतको तालमा असङख्य प्वालैप्वाल भएको घैँटो टाउकोमा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुने गर्छ । भित्र बत्ती बालिएको सो घैँटोमा पारिएका प्वाल दुष्टआत्माले गन्यो भने नाच्नेको मृत्यु हुने भनाइ रहेकाले नाच्ने महिला फनफनी नाचेर प्वाल गन्न नसकिने अवस्था बनाउँछन् । मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग मानिने यो परम्परा अब लोप हुने अवस्थामा पुगेको हो ।रासस

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.