काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले जित हात पारेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई १-०ले पराजित गरेको हो ।
घरेलु मैदानमा अर्जेन्टिनालाई जिताउन लौटारो मार्टिनेजले एकमात्र निर्णायक गोल गरे । खेलको ४३औँ मिनेटमा उनले नाहुल मोलिनाको पासमा गोल गरेका थिए। पेरुले भने पाएको अवसर सदुपयोग गर्न सकेन । जितसँगै छनोटमा अपराजित रहेको अर्जेन्टिना ११ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । अर्जेन्टिना शीर्षस्थानको ब्राजिलसँग ६ अंकले पछि छ ।
पराजित पेरु भने १२ खेलमा ११ अंक जोडेर नवौँ स्थानमा छ ।








