काठमाडौं । हाल नेपालमा असर गर्ने उलेखनिय मौसमी प्रणाली रहेको छैन । मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम:
२०७८ कार्तिक ०५ गते (शुक्रबार)
दिउँसो: प्रदेश न १, प्रदेश न २, वागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने छ।प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।








