हेटौंडा । लकडाउनका कारण रोकिएको राष्ट्रिय खोप अभियान अन्तर्गत दादुरा–रुबेला खोप कार्यक्रम हेटौंडा–७ मा शुक्रबारबाट सुरु भएको छ ।हेटौँडा ७ नम्बर वडामा ३ वटा खोपकेन्द्र स्थापना गरि ५ बर्ष मुनिका बालवालिकालाई दादुरा रुबेलाको खोप लगाउने कार्यक्रम सुरु भएको हो । जेठ ३० गते शुक्रबार ७ नम्बर वडाको न्युरेनी चिसापानी सामुदायीक वनको भवनमा खोप केन्द्र रहने त्यसैगरी ३१ गते बनदेवी दुग्द उत्पादन संस्थामा खोप केन्द्र रहने र खोप लगाउने छुटेकाहरुलाई सहितलाई ३२ गते नागस्वती शहरी स्वास्थ्य केन्द्रका नै खोप लगाउने व्यवस्था मिलाइएको नागस्वती शहरी स्वास्थ्य केन्द्रकी सदस्य रेखा मैनालीले बताइन ।दादुरा–रुबेला अभियानको दोस्रो चरण अन्तर्गत हेटौँडा नगर भित्र चैत ११ गतेबाट खोप संचालनमा आउने भनिएतापनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषण गरेपछि खोप कार्यक्रम स्थिगित गरिएको थियो ।








