• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

‘कांग्रेस महाभियोगको पक्षमा छैन’

  •   बुधबार, कार्तिक १०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं ।  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्।

    महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’ न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती खडा गर्नसक्ने भन्दै बैठकमा सहभागी नेताहरूले चासो र चिन्ता व्यक्त गरेका थिए।

    न्यायालयमाअहिले देखिएको विवादमाथि विभिन्न कोणबाट धारणा राखेका कांग्रेस नेताहरूले ललिता निवास प्रकरणमा मुछिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पनि अहिले जोडिएर आएको धारणा राखेका थिए। पार्टी सहमहामन्त्री सुनिल थापासहितका केही नेताले विवादमा संसद् र नेपाली सेनालाई समेत तान्ने प्रयास भइरहेको धारणा राखेका थिए।

    बैठकमा निर्वाचन समितिमा रहेका अधिवक्ताले पनि अहिले अदालतमा चलिरहेका विवादका विषयमा आफ्ना धारणा राखेका थिए। बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे। न्यायालयमा असहज परिस्थिति बनेकाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन।’

    ‘मंसिरभित्र महाधिवेशन सक्नेगरी काम गर्नू’

    सभापति देउवासहितका पदाधिकारीको बैठकले पार्टीको १४औं महाधिवेशन मंसिरभित्र सक्नेगरी तयारी गर्न निर्वाचन समितिलाई निर्देशन दिएको छ। निर्वाचन समितिको आग्रहमा मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा छठपछि सबै तहको अधिवेशन अघि बढाउने गरी कार्यतालिका बनाउन समितिलाई नै जिम्मेवारी दिइएको छ। मंसिरभित्रै महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिइएको जानकारी दिँदै कांग्रेस नेता पौडेलले भने, ‘कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन सभापतिजीलाई भनेको छु।’

    रसुवा र रौतहटसहितका जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा अन्य जिल्लाको पनि अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको भन्दै निर्वाचन समितिका अधिकारीले विवाद तत्काल सुल्झाइदिन नेताहरूसँग आग्रह गरेका थिए। जवाफमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंसिरभित्र १४औं महाधिवेशन गर्नुपर्ने बताउँदै सोहीअनुसार तयारी गर्न आग्रह गरेका थिए। मंसिर ९ देखि १३ का लागि तोकिएको मितिमा महाधिवेशन नहुनेमा सहमत रहेका नेताहरूले अन्तिम सातासम्म महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए। बैठकमा पुग्नेबित्तिकै देउवाले आफूले महाधिवेशन गर्न नचाहेको भन्ने पौडेलको आरोपको खण्डन गरेका थिए।

    दस मिनेटभन्दा बढी समय देउवा र पौडेलबीच महाधिवेशन गर्न चाहेको वा नचाहेको विषयमा विवाद भएको थियो। सदस्यता विवाद टुंगो लगाउन आफूले नेताहरूलाई जिम्मेवारी दिएको भन्दै देउवाले आफ्नो प्रतिरक्षा गरेका थिए। पौडेलले महाधिवेशनप्रति सभापतिको लगाब नभएको आरोप लगाएका थिए। भदौ १८ बाट तल्लो तह (वडा) अधिवेशन सुरु गरेको कांग्रेसले केही जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। विवाद टुंगा लाग्न नसक्दा १३ जिल्लामा तल्लो तहको अधिवेशन सुरु हुन सकेको छैन।

    एक दर्जन जिल्लाले सबै तहका अधिवेशन सकेका छन्। बाँकीले पालिकासम्मको अधिवेशन सके पनि अरू प्रक्रिया अघि बढ्न सकेको छैन। महाधिवेशनका लागि तयारी गर्नुपर्ने अन्य विषयमा पनि अहिलेसम्म कांग्रेसले छलफल थालेको छैन। सभापति देउवा आमनिर्वाचनअघि पार्टी महाधिवेशन टार्ने र चुनावपछि मात्र गर्ने पक्षमा छन्। नागरिक दैनिकमा खबर छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.