काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ। l विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा इंग्ल्यान्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। आबुधाबीमा हुने इंग्ल्यान्ड र बंगलादेशबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।
समूह १ मा रहेको इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । बंगलादेश पनि पहिलो जितको खोजीमा छ । यस्तै, दोस्रो खेलमा नामिबिया र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
आबुधाबीमा हुने दुई टोलीबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।








