• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

निर्वाचन चरण–चरणमा

  •   शुक्रबार, कार्तिक १२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन पनि २ चरणमा गर्नुपर्ने बताएको छ। आयोगले तीनवटै तहको निर्वाचन एकैपटक सम्भव नभएको समेत आयोगले स्पष्ट गरेको छ। २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको थियो। त्यतिबेला निर्वाचित पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सम्पन्न हुँदैछ। कार्यकाल समाप्त हुनु २ महिनाअघि नै स्थानीय तह निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था रहेको भन्दै आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने तर्क गरेको छ।

    आयोगले त्यसका लागि कात्तिकभित्रै स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेको छ। ‘चैत ५ अघि निर्वाचन हुन निर्वाचन अवधि १ सय २० दिन हुने भएकाले ढिलोमा पनि मंसिर ५ भित्र निर्वाचनको मिति घोषणा भइसक्नुपर्छ,’ आयोग प्रवक्ता शालिग्राम पौडेलले भने। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोलीले केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी यस विषयमा ध्यानाकर्षण गरिसकेको छ। आयोगले पहिलो चरणको निर्वाचन भएको कम्तीमा ४५ दिनभित्र दोस्रो चरणको निर्वाचन हुने गरी मिति तोक्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको प्रवक्ता पौडेलले बताए।

    यस्तै, आयोगले संसद्, प्रदेशसभा र स्थानीय तहको निर्वाचन एकै चरणमा सम्भव नभएको जानकारी पनि प्रधानमन्त्री देउवालाई गराइसकेको छ। तीनै तहको निर्वाचन एकै चरणमा गर्नुपर्ने आवाज उठिरहेका बेला आयोगले भने चरणबद्ध चुनावको प्रस्ताव गरेको हो। प्रवक्ता पौडेलले कानुन परिमार्जन नगरेसम्म तीन तहको निर्वाचन एकै पटक गर्न सम्भव नहुने बताए। ‘प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ ले प्रतिनिधिसभा र प्रदेशसभासम्मको एकै चोटी हुन सक्ने भने पनि स्थानीय तहसमेतको निर्वाचन एकै चरणमा गर्ने कल्पना गरेको छैन,’ प्रवक्ता पौडेलले भने, ‘आयोगले यस विषयमा सोचसमेत बनाएको छैन।’

    आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त पदमा उपनिर्वाचनको मिति तोक्न पनि सरकारसँग माग गरेको छ। आयोग प्रवक्ता पौडेलका अनुसार प्रतिनिधिसभामा ४ र प्रदेशसभामा १८ जना सदस्यको पद रिक्त छ। संसद्को माथिल्लो सदन राष्ट्रियसभामा एक तिहाइ (१९ जना) सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदैछ। आयोगले त्यसका लागि ३५ दिन अगावै निर्वाचनको मिति तोक्नुपर्ने कानुनी व्यवस्थाबारे पनि सरकारको ध्यानाकर्षण गरिसकेको प्रवक्ता पौडेलले बताए। निर्वाचन तयारीका लागि आयोगलाई करिब ९० दिनको तयारी चाहिन्छ।

    समय नजिकिँदै गर्दा सरकारले एक हप्तामा निर्वाचन मिति घोषणा गर्नुपर्ने निर्वाचन आयोगका प्रवक्ता पौडेल बताउँछन्। निर्वाचन आयोग, प्रधानमन्त्री र मन्त्रिपरिषद्का केही मन्त्रीहरूसँगको भेटघाटमा यस विषयमा छलफल भएको आयोग प्रवक्ता पौडेलले बताए । अन्नपूर्णपोस्टमा खबर छ ।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.