गैँडाकोट । उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा गैँडाकोट नगरपालिकाले आज तुलसीपुर नगरपालिकासँग प्रतिस्पर्धा गर्दै छ । आजको खेल बिहान ९ बजे सातदोबाटोमा रहेको एन्फाको खेल मैदानमा हुनेछ ।
आजको खेलमा तुलसीपुरलाई पराजित गर्न सफल भए गैँडाकोट अर्को चरणमा प्रवेश गर्नेछ । यसअघि यहि कार्तिक १० गते गैँडाकोटले हेटौँडा उपमहानगरपालिकालाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
काठमाडौँमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा सहभागि खेलाडीहरुलाई हौसला दिन गैँडाकोट नगर उप्रमुख विष्णुकुमारी कंडेल काठमाडौँ पुग्नुभएको छ ।








