हेटौँडा । सोमबार बिहान हेटौँडा –५ पिप्ले स्थित हेटौडा रिसोर्ट नजिकै बेवारिसे अवस्थामा फेला पारेको मोटरसाइकल वडा प्रहरी कार्यालय सानोपोखरामा रहेको जनाइएको छ । वडा प्रहरी कार्यालय हेटौँडाको टोलिले हेटौँडा –५ पिप्ले स्थित हेटौडा रिसोर्ट नजिकै बेवारिसे अवस्थामा फेला पारेको ना ५६ प ४५०१ नम्बरको पल्सर मोटरसाइकल वडा प्रहरी कार्यालयमा रहेको वडा प्रहरी प्रमुख,प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीले बताएका छन ।फेला पारेको मोटरसाइकल धनिलाई आवश्यक कागज पत्र सहित जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय नोपोखरामा सम्पर्क राख्नहुन अनुरोध गरिएको र मोटरसाइकल कस्को हो र त्यहाँ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको निरीक्षक भण्डारीले बताएका छन ।








