हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएको छ । कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको रोहबरमा प्रमूख जिल्ला अधिकारी दीपकराज नेपाललाई ज्ञापनपत्र बुझाउनुभएको हो । पार्टी कार्यालयबाट ¥यालीसहित निस्किएको जुलुसले हेटौंडाको कांग्रेसचोक, मानसचोक, नगरपालिकका रोड हुँदै जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाईएको थियो । कोरोना संक्रणमणको जोखिम रोक्ने कार्यमा भईरहेको वेवास्ता र भ्रष्टाचार, दैनिक गुजारा चलाउन व्यवस्थित ढंगले राहत उपलव्ध गराउनुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, अर्थतन्त्र उकास्ने काममा तदारुकता दिनुपर्ने, उद्योगी, व्यवसायीको संरक्षण, सम्मानित अदालतको निर्णयको सम्मान गर्नपर्नेलगायतका विषयमा प्रमूख जिल्ला अधिकारी नेपालमार्फत प्रधानमन्त्री केपि शर्मा ओलीलाई ज्ञापनपत्र बुझाईएको हो । कांग्रेस मकवानपुरले देश र मकवानपुरका जनतालले भोग्नुपर्ने समस्या र सरकारले गर्नुपर्ने कार्य समेटेर ११ बुँदे ज्ञापनपत्र बुझाएको छ ।








