• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

राज्यले उपेक्षा गरेको छिन्ताङका सहिद

  •   बुधबार, कार्तिक २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनकुटा । धनकुटाको छिन्ताङमा यतिबेला चहलपहल निकै बढेको छ। पञ्चायती सरकारले २०३६ सालको कातिक अन्तिम साता हत्या गरेका सहिदहरूको सम्झना गर्ने गरी स्थानीयले विभिन्न कार्यक्रम आयोजना गर्न लागेकाले छिन्ताङमा चहलपहल बढेको हो।

    स्थानीयले हरेक वर्ष यहाँका सहिदहरूलाई सम्झिए पनि सरकारकाे नजरमा भने उनहरू पर्न सकेका छैनन् । सरकारी बेवास्ताले स्थानीय साथै सहिद परिवारले अपमान महशुस गरेका छन् । जब सहिद दिवस आउँछ तब स्थानीयलाई भने ०३६ सालको घाउले भतभति पोल्ने गर्छ ।

    २०३६ सालमा भएको छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई सरकारले २०७४ साल पुसमा राष्ट्रिय सहिद घोषणा गरेकाे थियाे । तर, सरकारले प्रभावित परिवारलाई राज्यले दिने कुनै पनि सुविधा भने दिएकाे छैन। २३ देखि २९ कात्तिक २०३६ मा तत्कालिन पञ्चायती सरकारले हालको सहिदभूमि गाउँपालिका अथवा तत्कालिन खोकु, छिन्ताङ र आँखीसल्ला गाविसमा १६ जनाको हत्या गरेको थियो। सरकारले २०७४ सालमा राष्ट्रिय सहिद घोषणा गरेपछि  सहिद परिवारलाई १०-१० लाख उपलब्ध गराउने घाेषणा गरे पनि हालसम्म कार्यान्वयन भएकाे छैन् । प्रभावित परिवारले राष्ट्रिय सहिद घोषणा गरे पनि उचित सम्मान नगर्दा राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।

    सरकारले पीडित परिवारलाई तत्काल १० लाख दिने घाेषाणा गरेकाे अहिलेसम्म नदिएकाे छिन्ताङ सहिद सरोकार समाजका अध्यक्ष बलराम राईले बताए । ‘घोषणा गर्न कै लागि मात्र घोषणा नगरी राहतका सवालमा चासो दिनु पर्यो,’ उनले भने, ‘राहत दिने भन्दै छिन्ताङमा आएरै नेता तथा मन्त्रीले कयौं पटक भाषण गरे पनि हालसम्म राहत पाएकाे छैन ।’

    पञ्चायती शासनको विरोध गर्दै वामपन्थी गतिविधिमा लागेको भन्दै तत्कालीन सरकारले छिन्ताङ, आँखीसल्ला तथा खोकुका १६ जनाको हत्या गरेको थियो। एक साताको अवधिमा उक्त स्थानका १६ जनालाई गोली हानेर तथा चरम शरीरिक यातना दिएर हत्या गरिएको थियो।

    उक्त घटना छिन्ताङ हत्या काण्डको रुपमा इतिहासमा चर्चित छ। घटना भएको करिब चार दशकपछि राष्ट्रिय सहिद घोषणा गरिएको हाे । राज्यले राहत दिने भन्दै पटक पटक घोषणा गरे पनि घाेषाणा कार्यान्वयन नहुनु दुखद् पक्ष रहेको सहिदपुत्र योगेन्द्र राईले बताए। ‘घोषणा गर्न कै लागि मात्र गरिने होइन होला,’ उनले भने, ‘सहिद घोषणा हुन चार दशक कुर्नु पर्याे, राहत पाउन कति कुर्नु पर्ने हो ?’

    छिन्ताङ हत्याकाण्डप्रति वर्षौंसम्म राज्यले उपेक्षा गरे पनि पछिल्लो समय अझ हल्लामा मात्र सीमित पारेर आफूहरूलाई भ्रममा पारेको सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रुपलाल राईले बताए। छिन्ताङमा हत्या हुनेहरू अधिकांश तत्कालीन शासकविरुद्धमा भूमिगत रुपमा संगठन विस्तारमा सम्लग्न थिए ।

    सहिद परिवारले २०४६ र २०६२/०६३ का राजनैतिक परिवर्तनपछिका सबैजसो प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश गरेर राष्ट्रिय सहिदको घोषणा, राहतको व्यवस्था, पीडित परिवारलाई रोजगार, प्राविधिक तथा व्यावसायिक रोजगारी, परिचयपत्रलगायत माग अघि सार्दै आएको उनले बताए।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.