• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक १५, २०८३
☰
आइतबार, कार्तिक १५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ६. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ९. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • १०. विदेशी फूलको आयात रोक्न किसानको माग

‘वैज्ञानिक अनुसन्धानका लागि अहिलेलाई कम्तीमा एक प्रतिशत बजेट छुट्याउनैपर्छ’

  •   बिहिबार, कार्तिक २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । जनतालाई समृद्धिको सपना देखाउने सरकार र प्रमुख राजनीतिक दलहरुले विज्ञान र प्रविधिलाई महत्त्व नदिएको गुनासो एक अन्तरक्रियाका सहभागीले व्यक्त गरेका छन्।

    नोभेम्बर १० का दिन युनेस्कोको आह्वानमा मनाइँदै आएको विश्व विज्ञान दिवसको अवसरमा नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सले जुममार्फत् आयोजना गरेको अन्तरक्रियामा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले विज्ञान र प्रविधि सरकार र दलहरुको प्राथमिकतामा नरहेको विचार राखे। ‘दलहरुभित्र कहिल्यै विज्ञान र प्रविधिका एजेन्डामाथि छलफल भएको मैले पाएको छैन,’ उनले भने, ‘मुलुकलाई साँच्चिकै विकास र समृद्धिको बाटोमा अगाडि बढाउने हो भने सरकारले यस क्षेत्रमा लगानी बढाउनैपर्छ।’ विज्ञान र प्रविधिको समुचित विकासले नै विश्वका विभिन्न मुलुकले फड्को मारेको उदाहरण दिँदै सरकारले अहिलेलाई ‘रिसर्च एन्ड डेभलपमेन्ट’ (आरएन्डडी) मा कम्तीमा पनि एक प्रतिशत बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव सुरेन्द्र सुवेदीले आरएन्डडीका लागि एक प्रतिशत बजेट माग गरेर पठाए पनि त्यसलाई अर्थ मन्त्रालयले स्वीकृत नगरेकाले कार्यान्वयन नभएको स्पष्ट पारे। ‘बाहिरबाट हेर्दा मन्त्रालयले केही पनि गरेन भन्नेजस्तो देखिन्छ, तर, हामीले पठाएका आर्थिक तथा अन्य योजना अनुमोदन नहुँदा कार्यान्वयनमा समस्या देखिएको छ,’ उनले भने।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्रविधि संकायका प्रमुख डा. रवीन्द्र ढकालले स्रोत–साधनको सीमितताले गर्दा नास्टले विज्ञान तथा प्रविधिसँग सम्बन्धित कामलाई व्यापकता दिन नसकेको उल्लेख गरे। ‘नास्टले विज्ञान, प्रविधि र नवप्रवर्तनको क्षेत्रमा पछिल्ला दिनमा केही कामहरु गर्दै आएको छ, तर, त्यति मात्र पर्याप्त नभएकाले राज्यले नै यो क्षेत्रलाई विशेष प्राथमिकता राख्नुपर्छ,’ ढकालले भने।

    कार्यक्रममा नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका तर्फबाट विज्ञान पत्रकार सौगात बोलाखेले ‘नेपालमा विज्ञानमा लगानी’ शीर्षकमा आफ्नो प्रस्तुति दिँदै पछिल्लो समय आरएन्डडीमा शून्य दशमलव चार प्रतिशत मात्र लगानी हुनु सुखद नरहेको जिकिर गरे। नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका अध्यक्ष राजेन्द्र खनालले आगामी दिनमा ‘साइन्स पोलसी डायलग’लाई निरन्तरता दिइने बताए। नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका संस्थापक अध्यक्ष तथा कार्यक्रम प्रमुख छत्र कार्कीले विज्ञान पत्रकारिताको प्रवर्द्धनका लागि सरोकारवाला निकायहरु हातेमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए।

    नेपाल फोरम अफ साइन्स जर्नालिस्ट्सका सचिव गोविन्द पोखरेलले सञ्चालन गरेको कार्यक्रममा विज्ञान पत्रकारहरु तथा अनुसन्धान क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

    न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन
    रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने
    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    • ६.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    भर्खरै

    • १.
      न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

    • २.
      चितवनका दृष्टिविहीनलाई सेतो छडी वितरण

    • ३.
      रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ६.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ७.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ८.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.